विराटनगर जेठ ११,
विराटनगरका डान्सर तथा डाक्टर राकेश घिसिङले लकडाउनको बेला अनलाइन डान्स कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
डान्स विधाको "पोपिङ" मा उनले इच्छुकलाई सिकाउन लागेका हुन । राष्ट्रिय पोपिङ प्रतियोगितामा विजेता समेत रहेका राकेशले उक्त कक्षामा जुनसुकै ठाउँबाट पनि सहभागी हुन सक्ने बताए । सहभागी हुन एक हजार रुपैयाँ अनलाइन बैंकिङ तथा ईसेवाबाट जम्मा गरि जुम तथा गुगल डुओ एप बाट प्रशिक्षण हुने उनले बताए ।
साथै उक्त प्रशिक्षण पछि प्रमाणपत्रको पनि व्यवस्था रहेको उनले बताए ।