बिराटनगरमा गाई काटेर मासु विक्रि गरेको भन्दै मोरङ्गमा एक समुहले विरोध प्रदर्शन गरेको छ । मोरङ्गको कटहरीमा युथ फर सोसाइटी नामक युवाहरुको समुहले राष्ट्रीय जनावर गाईको हत्या गरेको भन्दै विरोध गरेका हुन् ।
आफुहरुले पुजा गर्ने गाईको हत्या हुनु बहुसंख्यक हिन्दुहरुको आस्थामाथि प्रहार भएको भन्दै आफुहरुले उक्त घटनाको विरोध गरेको सोसाइटिका अमोद रजकले बताए । उनले यस्तो क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कडा कारबाहीको माग गरेका छन् ।
विराटनगरमा गत २२ गते गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा एक जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरेको थियो ।