विराटनगरको बजार खुलेसँगै कोरोना भाइरसको जोखिम बढ्दै, छैन स्वास्थ्य सावधानी

<span class='c1'>विराटनगरको बजार खुलेसँगै कोरोना भाइरसको</span> <span class='c2'>जोखिम बढ्दै, छैन स्वास्थ्य सावधानी</span>

एन्जु शिवाकोटी

विराटनगर । २ महिना बढी समय सम्म थलिएको विराटनगरको बजार अहिले खुल्न थालेका छन् । सरकारले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै मुलुकभर लकडाउन गरेको थियो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै असार १ गतेबाट स्वास्थ्य सुरक्षा अपनाउदै बजार खोल्न दिएको छ ।

विराटनगर प्रदेश नं. १ को राजधानी हो । जहाँ आम सर्वसाधरणको अत्याधिक भिड हुनेगर्दछ । विराटनगरको बजार त खुले तर यहाँका व्यापारीहरुले खासै स्वास्थ्य सुरक्षा भने अपनाएको भने देखिदैन । जसका कारण कोरोना भाइरसको उच्च जोखिम बढ्ने देखिन्छ ।

विराटनगर ६ का समिर सापकोटा घरायसी सामान किन्न बजार आए तर आफुले सामान खरिद गर्ने पसलमा भने कुनै स्वास्थ्य सुरक्षा अपनाएको भने देखेनन् । पसलमा भौतिक दुरी समेत कायम नगरी सामान खरिद गर्नेको भिड देखिन्थ्यो । ‘आफुले त मास्क लगाएको तर पसलका व्यापारीहरुले नै मास्क र पन्जा प्रयोग गरिएको देखिएनसापकोटाले भने ।‘ कमसेकम पसलमा प्रवेश गर्नुअघि हात धुने व्यावस्था र सेनिटाईजरको व्यावस्था हुनुपर्ने हो तर कहि देखिएन ।’ सापकोटा भन्छन्,‘ कोरोना भाइरस संक्रमणले नेपाललाई दोस्रो भारत न बनाउला भन्न सकिन्न, केही समय अगाडी सबैले सजकता अपनायौं तर अहिले जती संक्रमण बढ्दै जादै छ त्यती सावधानी अपनाउन छाड्दै छौं ।’

अहिले विराटनगर बजारको चहल पहल हेर्दा विराटनगरवासीहरुले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्ने त्यस्ता कुनै पनि स्वास्थ्य सावधानी अपनाएको देखिदैन ।
केही कपडा पसलहरुले हातधुने व्यवस्था र सेनिटाइजरको प्रयोग गरेता पनि अधिकांशले वास्ता नगरेको देखिन्छ ।
बजारका पसलहरुमा बाक्लै भिड देखिन्छ । सामाजिक दुरी कायम भएको छैन । न त व्यपारीहरुले सावधानी अपनाएको देखिन्छ न त ग्राहकहरु नै सजक देखिन्छन् ।

विराटनगर १० मा रहेको पेयपदार्थ डिलरका सञ्चालक जहेन्द्र प्रधान भन्छन्, ‘ अहिले पेयपदार्थको मुल्यमा पनि वृद्घि भएका कारण हाम्रो व्यापार छैन ।’ लामो समय सम्मको बन्दाबन्दीले गर्दा सटहरको भाडा त्यसमाथि सरकारलाई यति बेला तिर्नु पर्ने करका कारण समस्या समाधान कसरी गर्ने भन्ने विषयले आफुलाई चिन्तित बनाएको प्रदानले बताए ।

त्यसैगरी विराटनगर ७ की फलफूल व्यपारी दुर्गा सहनी भन्छिन्,‘कोरोना भाइरसका कारण पसिलेको जस्तो व्यापार हुन छाड्यो । ग्राहकहरु डराएर आउन छाडे । ‘फलफुल पसलमा हातधुने सामाग्री राखिएको छैन,सेनिटाईजर चाही प्रयोग गर्छौ सहनीले भनिन । बजारका पसलहरुले मात्र नभई कार्यालय, बैक तथा मेडिकल पसलहरुले समेत सावधानी अपनाएको पाइदैन । बजारका ठाँउ – ठाँउमा केही समय अगाडी हात धुनको लागि पानि ट्याङक र सावुनको व्यवस्था गरिएको भएता पनि हाल ती ट्याङकमा पानी छ्रैन ।

यसरी नै कोरोना भाइर संक्रमण रोक्न सावधानी अपनाउन छाड्दै जाने हो भने कोरोना भाइर संक्रमणको उच्च जोखिम देखिने सम्भावना देखिन्छ । त्यसैले यस्ता विषयमा तपाई हामी आफै सचेत भएर अगाडी बढ्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्