विराटनगर । काठमाण्डौंबाट जन्म जिल्ला भोजपुर फर्कनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती क्वारेन्टीनमा बस्नु भएको छ ।
सांसद किराँतीलाई रामप्रसाद राई गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टीनमा राखिएको हो ।
जिल्ला बाहिरबाट आएका सबै नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा बस्नुपर्ने सरकारको नियम पालना गर्न आफू बसेको उहाँले बताउनुभयो । तर, सांसद किराँतीले क्वारेन्टीनमा बस्दा त्यहाँको समस्या अध्ययन समेत गरेर समाधानका उपायको विषयमा पहल समेत लिँदै आउनु भएको छ ।
सरकारले जारी गरेको मापदण्ड र नियमलाई पहुँचवालाले पालना गर्दैनन्, सांसद किराँतीले भन्नुभयो–कोरोना भाईरसको जोखिम सबैलाई हुन्छ र सबै भाईरस बाहक हुनसक्ने भएकोले सावधानी अनिवार्य रहेको बताउनुभयो ।
काठमाण्डौं छँदा गरिएको परीक्षणमा कोरोनामुक्त सांसद किराँतीले एक पटकको रिपोर्टबाट कसैले पनि ढुक्क हुन नहुने र बारम्बार सावधानी रहनुपर्ने बताउनुभयो ।