रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली बाट आएर क्वारेन्टीनमा राखिएका हुन् । उनीहरु गत जेठ ३ आइपुगेका थिए । जनता क्याम्पसको क्वारेन्टीनमा बसेका उनिहरुको ४ गते स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
सोमबार आएको रिपोर्टमा कोरोना भाईरस पोजेटीभ देखिएको स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र मण्डल जानकारी दिनुभयो ।
संक्रमितमध्ये वडा नम्बर ८ का ७ जना र वडा नम्बर ५ का १ जना रहेको स्वास्थ्य शाखा प्रमुख मण्डल बताउनुभयो ।
रंगेलीमा यस अगाडी दुईजनामा संक्रमण देखिएको थियो, उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।