ओखलढुंगा । ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन ।
बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टर चालक संजय बरमन गम्भीर घाईते भएकोमा उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ ।