श्वेताका पूर्व प्रेमी सबिन विरुद्ध अदालतबाट म्याद थप

<span class='c1'>श्वेताका पूर्व प्रेमी सबिन</span> <span class='c2'>विरुद्ध अदालतबाट म्याद थप</span>

विराटनगर । उदयपुर बेलका नगरपालिका २ निवासी श्वेतालाई आत्माहत्या गराउन बाध्य बनाएको आरोपमा उनका पूर्व प्रेमी सुन्दरहरैंचा–१० का सबिन पराजुली विरुद्ध प्रहरीले अदालतमा म्याद थप गरेको छ ।
अनुसन्धानका लागि पराजुलीलाई सोमबार नियन्त्रणमा लिएको प्रहरीले मंगलबार अदालतबाट म्याद थप गरेको हो ।
विराटनगर–३ मा डेरा बस्ने २४ वर्षीया पोखरेलसँग प्रेम सम्बन्ध भएका सबिनले विवाह गर्न नमानेपछि अर्को विवाहको तयारीमा उनी पुगेकी थिइन् । त्यसपछि पराजुलीले उनमाथि दवाव सिर्जना गर्दै पहिलाको तस्बीरहरु सार्वजानिक गरेका थिए । त्यसले उनलाई आत्माहत्या गर्न दुरुत्साहन गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए ।
पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा ७ दिनको लागि म्याद थप गरिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीलाई अदालतले अनुमति दिएको मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।
श्वेताले असार ७ गते आइतबार साँझ डेरामा आत्महत्या गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्