खेतमा ट्याक्टरले चेप्दा एकको मृत्यु

<span class='c1'>खेतमा ट्याक्टरले चेप्दा</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरले खेत जोत्ने क्रममा पल्टिएर एकजनाको मृत्यु भएको छ । धनपालथान–६ निवासी २२ वर्षीय मो.सजाद मियाँको ट्याक्टर पल्टिएर चेपिँदा मृत्यु भएको हो ।

मृतक स्थानीय लखना रायको खेतमा जोत्न गएका थिए । को. २ त ६२१८ नम्बरको ट्याक्टर हलो जोत्ने क्रममा अचानक पल्टिएको थियो । पल्टिदाँ चेपिएका मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

घटनाको विषयमा इलाका प्रहरी कर्याालय रंगेलीबाट प्रहरी निरीक्षकको टोलिले अनुसन्धान गरिरहेको छ । लासजाँच मुचुल्का लगायतको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टका लागि रंगेली? अस्पताल पठाइएको छ । ट्याक्टर घट्नास्थल बाट ईप्रका रंगेलीमा ल्याउने कार्य भई रहको र ट्याक्टर चालक स्थानीय शम्भु अमात प्रहरीको सम्पर्कमा रहेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्