प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

<span class='c1'>प्रतिबन्धित लागुऔषधसहित २</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका हुन ।

उनीहरुलाई बुधबार को १० प १९९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।
विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्