प्रविशा र टंकको नयाँ भिडियो रिलिज

प्रविशा र टंकको नयाँ भिडियो रिलिज

विराटनगर । नेपाली पार्श्व गायनमा जम्दै गरेकी सुमधुर अवाजकी धनि गायिका प्रविशा अधिकारी र गायक टंक तिमिल्सिनाको स्वर रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ । यस अघि सुनिएका गीत भन्दा केही फरक स्वाद ‘तमी बाहेक’ मा सुन्न सकिने भएको हो ।

राम विष्ट अभिरलको शब्द रहेको गीतमा गायक तिमिल्सिनाकै संगीत रहेको छ । गायक टंक र गायिका प्रविशा स्वयं फिचर्ड भएको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।  फरक स्वाद भएकाले दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएको गायिका अधिकारीले बताइन् ।

केही दिन अघि मात्रै पनि गायिका प्रविशा अधिकारी र गायक भुपु पाण्डेको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्