किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान

<span class='c1'>किसान र कृषक समूहलाई अलैंची</span> <span class='c2'>सुकाउने डबल ड्रम ड्रायर प्रदान</span>

इलाम, २ जेठ ।  जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसका किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान गरेको छ ।

कार्यालयले जिर्मले, इलाम नगरपालिका, चमैता, साङरूम्वा र बरबोटे गाविसका किसानलाई ड्रायर वितरण गरेको हो ।

कार्यालयले ८० हजार प्रतिगोटा मूल्य भएको पाँचवटा ड्रायर शतप्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयका कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए ।

उक्त ड्रायरमा दुई मन सुख्खा अलैंची तयार गर्न सकिने किसान बताउँछन् । बर्सेनि यसको माग बढ्दै गएपछि कार्यालयले आगामी वर्षका लागि करिब १० वटा ड्रायरको लागि बजेट माग गरिएको डाँगीले जानकारी दिए ।

परम्परागत भट्टीमा सुकाएको अलैंचीभन्दा यसमा सुकाइएको अलैंचीले केही बढी मूल्य पाउने किसान बताउँछन् ।

 

Radio Birat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्