अवैध भित्रिएको १४ लाखको माछा बरामदपछि नष्ट

<span class='c1'>अवैध भित्रिएको १४ लाखको</span> <span class='c2'>माछा बरामदपछि नष्ट</span>

विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ ।


प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको थियो ।

विशेष सुचनाको आधारमा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अवैध रुपमा माछा ल्याएको पाइएपछि ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले ट्रक चालक भारत पश्चिम बंगाल स्वरुपनगर बस्ने २४ वर्षीय मो.इमामुल गोल्दारसहित नियन्त्रणमा परेको ट्रक तथा बरामद माछा सेतु बन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको थियो ।

भन्सारले पशु क्वारेनटीन कार्यालयमा पठाएपछि उक्त माछा पशुपंक्षी तथा मत्स्य विकास निर्देशानालयको रोहबरमा सुनसरी प्रहरीले नै नष्ट गरेको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ । क्वारेन्टीन कार्यालयले सुनसरी प्रहरीलाई नै माछा नष्ट गरिदिन पत्राचार गरेको हो ।

माछा भारतको सोर्नाली एक्स्पोट कोलकाताबाट खरिद गरिएको प्रमाणको रुपमा बिल समेत बरामद भएको थियो । भारतबाट ल्याएको माछाको पशु क्वारेन्टाइन कार्यालय विराटनगरले स्वच्छता प्रमाणपत्र जारि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्