१. नेपाल बिद्युत प्राधिकरणले कहिले देखि स्मार्ट मिटर रिडिंग सुरुवात गर्यो ?
~ वि.स. २०७७/०४/२५
२. हिमालय रोडिज सिजन ३को उपाधि कसले जिते ?
~ सुजन सुबेदी
३. बिश्वमा सबैभन्दा बढी टेलीफोन गर्ने सहर कुन हो ?
~ लस एन्जलस (सबैभन्दा बढी टेलिफोन गर्ने देश – स्विडेन)
४. पण र पुराण मुद्रा कुन राजाले चलाएका थिए ?
~ नरेन्द्रदेव
५. सरकारले २०७७/०४/२५को निर्णय अनुसार नेपालमा हवाई क्षेत्र कहिले देखि सुचारु गरिने बताएको छ ?
~ २०७७/०५/१५ (यसअघि भाद्र १ देखि सुचारु गर्ने भनिएको थियो)
६. सिम्जे ताल, जलजले पोखरी आदि. कुन जिल्लामा अवस्थित छन् ?
~ उदयपुर
७. नेपाललाइ सर्वप्रथम अन्तर्राष्ट्रिय पदक जिताउने खेलाडी को हुन् ?
~ जितबहादुर केसी (धावक)
संकलक
आयुष खनाल