पथरीमा चित्तल मार्ने शिकारी पक्राउ

<span class='c1'>पथरीमा चित्तल मार्ने</span> <span class='c2'>शिकारी पक्राउ</span>

पथरी । मोरङको पथरीमा सोमवार चित्तल सहित एक शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनु भएको छ ।

उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ ।

पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ ।
वन क्षेत्रको माथील्लो भागमा चित्तललाई पासोमा पारी तान्ने लैजाने क्रममका वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

कोरोना कहरका कारण समुदाय स्तरवाट नियमित रुपमा वनको गस्ती गर्न सम्भव नएका कारण चोरी शिकारीका घटनाहरु वढ्दो क्रममा रहेको हरीयाली सामुदायिक वनका अध्यक्ष कावुल बहादुर मगरले वताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्