विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक डाक्टर , एक नर्स र दुई फार्मेसीका कर्मचारी सहित ४ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १८ पुगेको छ । नोबेलबाट संक्रमित एक डाक्टर भने डिस्चार्ज भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई थप उपचारको लागि काठमाडौ लगिएको थियो ।