विराटनगरमा आज मध्यरातदेखि निषेधाज्ञा

<span class='c1'>विराटनगरमा आज</span> <span class='c2'>मध्यरातदेखि निषेधाज्ञा</span>

विराटनगर । विराटनगरमा शुक्रबार राती १२ बजेदेखि पाँच दिनसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्लास्तरीय कोभिड क्राईसिस मेनेजमेन्टको बैठकले शुक्रबार रातीदेखि नै लागु हुनेगरि भदौ १० गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले निषेधाज्ञा लगाउनु पर्ने आवश्यकता रहेको निष्कर्षसहित निर्णय गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार राती ९ बजेदेखि बिहान ५ बजेसम्मका आवतजावत पूर्ण रुपमा निषेज्ञ गरिएको छ । बिहान अत्यावश्यक सेवा बाहेकको आवतजावतलाई निषेध गरिएको छ ।

सधैं झैं लकडाउन हुने हो तर यसमा कडाई गरिने छ, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो–अनावश्यक घर बाहिर निस्कनका लागि पूर्ण प्रतिबन्ध लगाइएको व्यवहोरा अवगत गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्