प्रहरी चौकी बखरी अगाडीको रक्सी भट्टीमा छापा

<span class='c1'>प्रहरी चौकी बखरी अगाडीको</span> <span class='c2'>रक्सी भट्टीमा छापा</span>

विराटनगर । विराटनगर १२ को बखरी प्रहरी चौकीकै अगाडीको रक्सी भट्टीमा प्रहरीले छापा मारेको छ । प्रहरी चौकीकै सामुन्ने उद्योगमा उत्पादित रक्सी बिक्रीका लागि लैजाने तयार भईरहेको बेला कच्चा पदार्थ र रक्सी बनाउन सामाग्रीहरु बरामद गरिएको हो ।

बखरी प्रहरी चौकी अगाडी रक्सी उत्पादन गर्ने उद्योगमा छापा हान्न वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रसाद गौतमको टोलि खटिएको थियो । वडा प्रहरी र बखरी प्रहरीको संयुक्त टोलिले पाथीभरा टोलमा साइमन तामाङको घरमा रहेको उद्योगमा छापा मारेको थियो ।

प्रहरीले रक्सी बनाउने चार हजार लिटर कच्चा पदार्थ, ४० लिटर घरेलु मदिार र मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँड बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी गौतमलले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको छ ।

यसैगरी मोरङ बुढीगंगा गाउँपालिका ६ कोरिया चोकबाट १६० लिटर घरेलु मदिरा बरामद गरिएको छ । प्रहरी चौकी कोयलपुरबाट खटिएको टोलीले उतरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ५९८० नम्बरको टेम्पुमा अन्दाजी १६० लिटर घरेलु मदिरा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले मदिरासहित टेम्पु चालक बुढीगंगा १ बस्ने २३ वर्षीय सुमन भुजेल र टेम्पुमा सवार बेलबारी नगरपालिका ११ बस्ने ४० वर्षीया मिना तामाङ र अर्की सबिता राईलाई नियन्त्रणमा लिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्