विराटनगरमा ४२ जनासहित आइतबार प्रदेश १ मा ७० संक्रमित

<span class='c1'>विराटनगरमा ४२ जनासहित आइतबार प्रदेश</span> <span class='c2'>१ मा ७० संक्रमित</span>

विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।
मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् ।

मोरङको बुढीगंगा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, सुनसरीको इटहरीका १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।

प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा १ हजार २६७ जना डिस्चार्ज भएका हुन् ।
पछिल्लो २४ घण्टामा प्रदेशभर ८०५ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्