अचम्मको अभियान ‘हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ’

<span class='c1'>अचम्मको अभियान ‘हुनेले खाना दिएर जाऔं</span> <span class='c2'>र नहुनेले खाना लिएर जाऔँ’</span>

विराटनगर । लकडाउनमा कोहिपनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ नेपाल तरुण दल केराबारी मोरङले फुड बैंक संचालनमा ल्याएको छ ।
‘हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ’ भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले गत शनिवारदेखी फुड बैंक संचालमा ल्याएको हो ।


केराबारी गाँउपालीका भवन अगाडि दाल, चामल, नुन, तेल र सोयाविन राखिएको छ । आर्थिक अवस्था कमजोर भएका परिवार तथा दैनिकी ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई लकडाउनको कारण समस्यामा परेका कोहि पनि नागरिक भोकै बस्नु नपरोस् भनेर यो अभियान थालनी गरेको तरुण दल केराबारीका सभापति पप्पु शाहले बताए ।

शाहका अनुसार हालसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले उक्त खाद्यन्न सामग्री लिएर गएका छन् । प्रति परिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाउनेछन् । छोटो समयमा नै यो अभियान निकै प्रभावकारी बन्दै गएको र भोको पेटका लागी यो अभियानले ठूलो सहयोग पुग्ने स्थानीय यज्ञ पोख्ररेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्