प्रदेश सभा सदस्य कार्कीद्वारा संक्रमितलाई सहयोग

<span class='c1'>प्रदेश सभा सदस्य</span> <span class='c2'>कार्कीद्वारा संक्रमितलाई सहयोग</span>

विराटनगर । प्रदेश १, प्रदेशसभा सदस्य बिन्धिया कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई सहयोग गरेकी छिन् ।
प्रदेशसभा सदस्य कार्कीले सोमबार जन्मदिनको अवसरमा कोरोना संक्रमित भएर घरैमा आइसोलेसनमा बस्दै आएका बिरामीलाई औषधी, खाद्यान्न वितरण गरेकी हुन् ।

विराटनगर महानागरपालिका समुदायस्तरमा नै कोराना भाइरस संक्रमण बढेसँगै हाल निषेधाज्ञाको अवस्थामा छ । उनले आफुलाई जानकारीमा आए अनुरुप कोरोना संक्रमित भएर घरैमा आइसोलेसना बस्दै आइरहेका आर्थिक अवस्था कम्जोर भएकालाई पौष्टिक खाद्यन्न साथै औषधी वितरण गरेकी हुन् ।


केहि दिन अगाडी काम विशेषले आफु काठमाण्डौ गएकी र लकडाउनका कारण घर फर्कन नसके पनि आफ्नो जन्म दिनको दिन आफ्नो क्षेत्रलाई सम्झेको उनले बताईन् ।

उनले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका १५ घर परिवालाई चेवनप्रास, १ क्यारेट अण्डा, हरलिक्स, औषधि। चमल दाल लगायतको खाद्यन्न सामाग्री वितरण गरेकी छिन् । भने सम्पूर्ण कोरोना संक्रमित व्यक्तिहरुलाई उच्च मनोबल बनाएर बस्न आग्रह समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्