विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल एण्ड मेडिकल कलेज भित्र रहेको ब्लड बैंकका कर्मचारीसहित तीनजनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार आकस्मिक कक्षका कर्मचारी (जीडीए) र ब्लड बैंकका कर्मचारी र अर्का एकजनामा संक्रमण पुष्टि भएको हो । नोबेलमा मंगलबार थपिएका तीनजनासहित संक्रमितको संख्या २६ पुगेको छ । जसमध्ये तीनजना डिस्चार्ज समेत भईसकेका छन् ।