विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छिन् ।
विराटनरगर २ निवासी २० वर्षीया गर्भवती महिलाले मंगलबार छोरीलाई जन्म दिएकी हुन् । गत भदौ ३ गते संक्रमण पुष्टि भईभदौ ७ गते बीपीको कोभिड अस्पतालमा उनी भर्ना भएकी थिइन् ।
संक्रमित महिलालाई डा.सुर्यप्रसाद रिमाल नेतृत्वको टोलिमा डा.मुकेश र नर्सहरु समेत संलग्न भएर नर्मल डेलेभेरी गराएको प्रतिष्ठानले जनाएको छ ।
जन्मदा शिशुको तौल २.८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।