रबिन्द्र बराल
रंगेली । मोरङ जिल्लाको दक्षिणवर्ती छ वटा स्थानीय तहको जनजीवन सामान्य बनाउन बिहान १२ बजेसम्म व्यापार तथा व्यवसाय खुल्ला गरिने भएको छ ।
रंगेली नगरपालिकासहित कटहरी , जहदा , धनपालथान, रंगेली , सुनबर्षि , रतुवामाईको संयुक्त बैठक बसी भदौ ११ गतेदेखि १७ गतेसम्मका लागि १२ बजेसम्म व्यापार तथा व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको हो ।
यो निर्णयसँगै बजार खुल्ने र अन्य कृषिजन्य वस्तुको ओसार–पसार लगायतका काममा सहजीकरण गर्ने निर्णय गरिएको छ । कृृषकका लागि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय गरियो हो ।
रंगेली नगरपालिकामा एकै परिवार का १४ जना लाई कोरोना पोजेटिभ देखा परेपछि त्रास फैलिएको थियो । पछिल्लो समयमा रंगेलीमा कोरोना संक्रमितको सख्या घट्दै गएको र केहि मात्रामा नियन्त्रणमा आएको छ ।
नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४, ५, ६ र ७ पूर्ण रुपमा शिल गरेको थियो । अब संक्रमणको जोखिम केहि कमी भएको भन्दै नगरपालिकाले बिहान ६ बजे देखि १२ बजेसम्म पसल बजार र तरकारी बजार भने सामाजिक दुरि कायम गरेर खोल्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाले बजार भित्रका पसलहरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारण लाई सजक भएर पसल तथा भिडभाडमा किनमेल गर्नका लागि अनुरोध गर्ने भएको छ ।