धरान । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म लकडाउन थप्ने निर्णय भएको छ ।
धरान उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले थप ७ दिन लकडाउन जारी राख्ने निर्णय गरेको नगरप्रमुख तिलक राईले जानकारी दिनु भएको हो ।
लकडाउनको समयमा तरकारी, खाद्यान्न र दुग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान १० बजेसम्म खुल्ला राख्ने निर्णय भएको छ । धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ ।