विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्थानीय निकाय, प्रशासन र अस्पताललाई ५ हजार मास्क वितरण गरेको छ ।
क्लबले विराटनगर महानगरपालिकालाई २ हजार, जिल्ला प्रशासन कार्यालय मोरङलाई १ हजार ५०० र कोशी अस्पताललाई १ हजार मास्क हस्तान्तरण गरेको रोटरी क्लब अफ विराटनगर सचिव रोटरियन गिरिजा साराडाले जानकारी दिनुभयो ।

सामाजिक अभियान अन्र्तगत कोरोना महामारी विरुद्धको लडाँईका अग्रपङक्तिमा खटिने योद्धाहरुलाई सहजीकरण गर्ने उद्देश्यले मास्क हस्तान्तरण गरिएको साराडाले बताउनुभयो ।
समुदायस्तरमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगिन मास्क पनि अनिवार्य मानिने भएकाले फ्रन्टलाईनमा खटिनेहरुलाइ मास्क वितरण गरिएको क्लबले जनाएको छ । यसअघि पनि क्लबले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य सामाग्री विरतरण गर्ने अभियान रहेकान क्लवले जनाएको छ ।