वीपीमा उपचाररतः संक्रमितको मृत्यु

<span class='c1'>वीपीमा उपचाररतः</span> <span class='c2'>संक्रमितको मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
वीपीमा भर्नापछि कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

खोकी, श्वास फेर्न गाह्रो तथा ज्वरो आएपछि परिवारले भदौ ६ गते वीपीमा भर्ना गरेका थिए । वीपीको मेडिकन वार्डमा भर्ना गरेर स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पोजेटिभ आएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार कोभिड–१९ अस्पतालको आईसीयूमा दुईदिनदेखि उपचारतः पुरुषमा उच्च रक्तचापसँगै २० वर्ष अगाडी टिबी रोगको औषधी सेवन गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्