रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्र्पोटिङ क्लव ले २५ घर परिवार लाई खाधन्य सामाग्री बितरण गरेको छ ।
कोरोना भाईरसका कारण बिगत ५ महिनादेखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका न्यून आय भएका घरपरिवारलाई खाद्यन्न उपलब्ध गरिएको हो ।
उक्त क्लव ले एक परिवार बराबर १५ केजि चामल, भुजा, तेल, नुन, चिनि, बेसार , आलु लगायतका खाधन्य सामाग्री बितरण गरिएको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्य समाग्री हस्तान्तरण गरिएको क्लवाका अध्यक्ष गुरुप्रसाद अधिकारीले बताए ।
क्वलले ग्रामिण इलाकामा घर भएका गरिव परिवारको पहिचान गरि थप परिवारलाई खाधन्य सामाग्री बितरण गर्ने सदस्य मोसिम आलम ले बताए ।