मेची अस्पताल भद्रपुरमा कोभिड–१९ अस्पताल नयाँ भवनमा

<span class='c1'>मेची अस्पताल भद्रपुरमा कोभिड–१९</span> <span class='c2'>अस्पताल नयाँ भवनमा</span>

मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ ।पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । उहाँले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना सङ्क्रमितलाई नयाँ भवनमा सारेर सेवा शुरु गरिने जानकारी दिनुभयो । नयाँ भवनमा सङ्क्रमितको उपचारका लागि ८० श्ययाको व्यवस्था गरिएको छ ।

पुरानो भवनमा १२ श्ययाको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार शुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पिसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ । मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताउनुभयो । कनकाइको पिसीआर छिट्टै झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका–२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला छिटो सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाइएको छ । मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको एकका लागि एक नामक अभियानबाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो । परीक्षण सफल भएपश्चात अभियानले प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्