विराटनगर । विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ द्धारा कोशी अस्पताललाई तातो पानी तताउनको मेसिन हस्तान्तण गरेको छ ।
कोशी अस्पतालको आईसोलेसन वार्डमा बसेका बिरामिहरुका निम्ति तातो र नर्मल पानीका लागी एकुवा गार्ड ५ थान र जार ५ थान हस्तान्त्रण गरिएको विराटनगर राउन्ड टेवलका संयोजक कपिल अग्रवालले जनाकारी दिए ।

आईसोलेसनमा बसेका विरामीहरुका लागी बाहिरबाट तातोपानी ल्याउन झन्झट नहोस भनेर वार्डभित्रै तातो पानी पिउनको लागी उक्त एक्वा गार्ड र जार व्यावस्थपान गरिएको राउण्ड टेवालले जनाकाएको छ । उपलब्ध भएको सामान कोशी अस्पतालका मेसु चुमनलाल दासलाई राउन्ट टेवलका पदाधिकारीहरुले हस्तनन्त्रण गरेका थिए ।