जहदामा युवाको सक्रियता, संक्रमणको जोखिम न्यून गर्न सेनिटाइज गर्दै

<span class='c1'>जहदामा युवाको सक्रियता, संक्रमणको जोखिम</span> <span class='c2'>न्यून गर्न सेनिटाइज गर्दै</span>

विराटनगर। मोरङको जहदा गाउँपालिकालाई लक्ष्मीनिया युवा क्लबले सेनिटाइज गरेको छ । जहदाका भीडभाड हुने ठाउँ, सार्वजनिक स्थल, विद्यालय भवन, क्वारेन्टाइन, मठमन्दिर, चौकचौराहमा रहेको पसल, वडा कार्यालय समेत सेनिटाइज गरिएको हो।

जहदा गाउँपालिकाका मझारे प्रहरी चौकी, सिमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्यालय फडानीसहित केहि स्वास्थ्य चौकी, र बुधनगर स्वास्थ्य कार्यालय समेत सनिटाइज गरिएको क्लबका उपाध्यक्ष अभिषेक साहले जानकारी दिनुभयो ।

 

लक्ष्मीनिया युवा क्लबद्वारा भदौ ५ गते जहदा–५ बाट सुरु गरिएको सेनिटाइज अभियान सबै वडा भ्याएर भदौ १३ गते सकिएको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै गाउँटोलमा समेत सेनिटाइज गरिएको हो ।

लायन्स कल्ब अफ बिराटनगर युनिकले गर्दै आएको सेनिटाइज कार्यक्रमबाट प्रभावित भएर जहदामा पनि गरिएको क्लबका अध्यक्ष नितेश साहले बताउनु भयो। ‘बिराटनगरमा गर्न सकिने तर जहदामा किन गर्न सकिँदैन रु आफ्नो गाउँ आफै बचाऊ भनेर पनि यो अभियान सुरु गरिएको हो,’ उहाँको भनाइ छ । मिति २०७७ साल भाद्र ४ गते लायन्स क्लब अफ बिराटनगर युनिकले लक्ष्मीनिया युवा कल्ब लाई सनिटाइज गर्ने समानहरु उपलब्ध गराएको थियो।

जहदा गाउँपालिका मा दिन प्रति दिन कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएकोले जहदाका वरपरका विभिन्न चोक र वस्तिहरु लाई सेनिटाइज गर्न सहज होस भनेर लायन्स क्लब अफ बिराटनगर युनिकका उपाध्यक्ष नरेश खत्रीको सहयोगमा क्लबलाई सेनिटाइज कार्य अघि सार्न सेनिटाइज गर्ने मेसिन, २ जार केमिकल, १०० वटा सर्जिकल मास्क, २ सेट पीपीई र फेस शिल्ड हस्तान्तरण गरिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्