झापामा वडाध्यक्ष नै आन्दोलनमा !

<span class='c1'>झापामा वडाध्यक्ष नै</span> <span class='c2'>आन्दोलनमा !</span>

कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालिकाले रकम विनियोजन गर्दा विभेद गरेको र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको जनाउँदै वडाध्यक्षसहित स्थानीय युवा विरोधमा उत्रिएको कचनकवल– ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अञ्जारा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुशी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको जनाउँदै वडा नम्बर २, ४,६ र ७ का वडाध्यक्षसहित स्थानीयले गाउँपालिकाको कार्यशैलीप्रति विरोध गरिरहेका छन् ।

उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए । विरोधसभालाई वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नं ४ का अध्यक्ष परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नं ७ का अध्यक्ष भरत राजवंशीसहित विद्यार्थी नेता रोशन लामालगायतले गाउँपालिका अध्यक्ष र राप्रपा पार्टी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्