पूर्वाञ्चल विश्वविद्यालयले असोजमा परीक्षा सञ्चालन गर्ने

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयले असोजमा</span> <span class='c2'>परीक्षा सञ्चालन गर्ने</span>

विराटनगर। आगामी असोज पहिलो सातादेखि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को निर्णयानुसार परीक्षा सञ्चालन गरिने जानकारी दिनुभएको छ ।
विश्वविद्यालयले जारी गरेको सूचनामा वैकल्पिक विधि अन्तगर्त ‘टाइम बाउण्ड होम बेस्ड’ पद्धती अपनाइने उल्लेख गरिएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को भदौ १४ गते र कार्यकारी परिषद्को सोमबार बैठक बसेको थियो ।

पूवाञ्चल विश्वविद्यालयमा आबद्ध कलेजहरुले इन्जिनियरिङ, व्यवस्थापन र मानविकी सङ्कायको पठनपाठन गराउँदै आएको छ । श्वविद्यालयले असोज पहिलो साताबाट परीक्षा सञ्चालन हुने हुँदा अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. संग्रौलाले परीक्षा सञ्चालन सम्बन्धि निर्देशिका यथाशिघ्र प्रकाशित गरिने जानकारी दिनुभएको छ । साथै वार्षिक र सेमेष्टरतर्फका आंशिक परीक्षाहरु पछि परिषद्को बैठकले निर्णय गरे बमोजिम हुने नियन्त्रक डा. संग्रौलाले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्