आर्थिक अभावले उपचार गर्न नसक्दा छट्पटाउँदै अनिल

<span class='c1'>आर्थिक अभावले उपचार गर्न</span> <span class='c2'>नसक्दा छट्पटाउँदै अनिल</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ३ भेलाईका १९ वर्षीय अनिल ऋषिदेव ओछ्यान परेको दश महिना पुग्यो । उनको कम्मरमुनी नचल्ने भएपछि उनीसँग छट्पटाउनु बाहेक विकल्प छैन ।

आर्थिक अभावका कारण चारचौरासका अस्पताल पु¥याउँदा समेत उनका बुबा वेदु ऋषिदेवसँग उपचार गर्ने अवस्था छैन । उपचारका लागि गाउँघरमा मागेको सहयोगले अहिलेसम्म पाँच अस्पतालमा आफ्नो छोरालाई भर्ना गरिसकेका बुबासँग अहिले छोराप्रतिको भावना आँसुबाट मात्रै बग्छ ।

जेठा छोरा अनिल २०७६ मंसिर २८ गते बिरामी भएको बुबा बेदुले जानकारी दिनुभयो । सुरुमा उनको पेट मात्रै दुख्ने समस्या थियो, मोरङ सहकारी अस्पताल विराटनगर उपचाकार लागि ल्याएपछि त्यहि दिनदेखि कम्मरमुनीको भाग चल्न छोड्यो ।

अस्पतालले दुईदिनपछि डिस्चार्ज दियो र ‘वेटर अस्पताल’ भर्ना गर्न सुझाव । त्यसपछि पुस २४ गते नोबेल अस्पतालमा उपचार गराउन लगिएको बुबा बेदुले बताउनुभयो । तर, घरको आर्थिक अभावले उपचार गर्न संभव नभएपछि दुईदिनपछि घर फिर्ता लान बाध्य हुनु परेको जियो ।
पैसा नहुँदा २०७७ श्रावण ४ गतेसम्म घरमै राखेको छोरालाई गाउँका भद्रभलाद्मीको सहयोगमा भारतको खरैया समेत पु¥याइएको थियो । एक महिनासम्म औषधी सेवन गर्दा पनि समस्या जस्ताको त्यस्तै रह्यो ।


कोशी र वीपीमा समेत भर्ना गरिसकिएको छोराको उपचार संभव भएन । पैसा नभएपछि जुनसुकै अस्पताल लगेपनि गरिबको उपचार छैन थला परेको छोराको मुख हेर्दै आमा रिता ऋषिदेवले भन्नुभयो–दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेका घरमा कस्तो विपद् पस्यो ।
अनिलको कम्मरमुनीको भाग नचलेपछि खुट्टा सुन्निएर फुट्न र ढाडमा खटिरा आउन थालेको छ । तर, आमा र बुबासँग कुनै उपचार छैन ।

पैसा थिएन, उपचार भएन बुबा बेदुले भन्नुभयो–अँधिया गरेर जीविकोपार्जन गर्ने गरिबको हालत यस्तै हुने रहेछ । तीनजना छोरा र १ छोरीसहितको जिम्मेवारी सम्हाल्नु पर्ने बेदु र रिताले एक बिघा जमिन अँधियामा कमाएर गुजारा चलाउँदै आएका हुन् । कहाँ भनौ, कसलाई भनौं र के भनौं ? मसँग कुनै विकल्प छैन, आमा रिताले छोराको मुख हेरेर आँसु खसाल्दै भन्नुभयो–हेर्दाहेर्दै छोराको जीवन सकिदैछ ।

स्थानीय लक्ष्मण बुढाथोकी तथा अन्य ब्यक्तिहरुले सहयोग गरेपछि वीपीमा भर्ना गरिएको थियो । त्यस बेलाको समेत ८० हजार रुपिँया ऋण ऋषिदेव परिवारको थाप्लोमा छ । स्थानीय एवं ऋषिदेव परिवारलाई नजिकबाट सहयोग गर्दै आउनु भएका बुढाथोकीका अनुसार निर्विकल्प भएको परिवारका लागि सहयोग र सहाराको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्