धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यस्थापन पक्षले अनावश्यक दवाव दिएको भन्दै कोरोना संक्रमितको उपचार गर्ने कोभिड–अस्पतालका प्रमुख डा.कृष्णा पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।
औषधी खरिदमा व्यवस्थापन पक्षले अनावश्यक दवाव दिएको आरोप लगाउँदै डाक्टर पोखरेलले राजीनामा दिनु भएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतलमा चाहिने औषधी खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले दवावसहित माग र आवश्यकता विपरितका औषधी उल्लेख गरिएको फारममा हस्ताक्षर गर्न लगाएकोले राजीनामा दिनुपर्ने अवस्था आएको उल्लेख गरिएको छ ।
आवश्यकता अनुसारको संक्रमित उपचारमा चाहिने औषधी भने समयमा उपलब्ध नगराएको आरोप व्यवस्थापन पक्षलाई लगाइको छ ।
सोमबार प्रतिष्ठानका उपकुलपती डा.गिरीसमक्ष राजीनामा दिनुभएको थियो। डाक्टर पोखरेलले अस्पताल प्रमुखबाट राजीनामा दिएपनि विरामीको उपचार संलग्नतामा निरन्तरता दिने बताउनु भएको छ । पोखरेल प्रतिष्ठानको एनेशथेसिया विभाग प्रोफेसर हुन् ।