मोरङमा २२ गतेसम्म निषेधाज्ञा कायम, अत्यावश्यक व्यवसाय ४ बजेसम्म खुल्ने

<span class='c1'>मोरङमा २२ गतेसम्म निषेधाज्ञा कायम,</span> <span class='c2'>अत्यावश्यक व्यवसाय ४ बजेसम्म खुल्ने</span>

विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै लागु हुनेगरि निषेधाज्ञा जारी गर्नु भएको हो ।

संक्रामक रोग ऐन २०२० अनुसार नागरिकको जीवन रक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा अझै लचिलो बनाइएको छ । अब शनिबार बाहेकका दिनमा पसलहरु दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् । यस अगाडी भदौ १० गते जारी गरेको निषेधाज्ञामा १२ बजेसम्म पसलहरु खोल्ने भनिएको थियो ।

तर, सम्बन्धित व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेछ । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु लिएर आईसीपीबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारी साधन उद्योग बाहेक अन्यन्त्र रोक्न पाउने छैनन् । उद्योग परिसरमा प्रवेश गरिसकेका यस्ता मालवहाक सवारीको अनिवार्य निसंक्रमण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी सरकारी कार्यालयले भदौ २१ गतेदेखि तालिका मिलाएर सेवा सञ्चालन गर्नुपर्ने भएको छ । त्यस अगाडी कार्यालयले दिने अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्