सुष्त मनस्थिति बालिकालाई करणी गरेको आरोपमा राजवंशी पक्राउ

<span class='c1'>सुष्त मनस्थिति बालिकालाई करणी</span> <span class='c2'>गरेको आरोपमा राजवंशी पक्राउ</span>

विराटनगर । विराटनगर ५ निवासी ३५ वर्षीय संजय राजवंशीलाई सुष्तमनस्थिति बालिकालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले आफ्नै घरमा कोही नभएको मौका छोपी गत भदौ ४ गते बालिकालाई करणी गरेको भन्दै पीडिततर्फबाट परिवारले दिएको जाहेरीका आधारमा मोरङ प्रहरीले उनलार्ई पक्राउ गरेको हो ।

पीडितका तर्फबाट उनका अभिभावकले मोरङ प्रहरीमा जाहेरी दिएपछि राजवंशीलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

आफूमाथि करणी गरिएको भन्दै पीडित बालिकाले सांकेतिक भाषा (इशारा) मा अभिभावकलाई सुनाएकी थिइन् । त्यसैका आधारमा राजबंशी विरुद्ध पीडितका अभिभावकले जाहेरी दिएका थिए ।
विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रवक्ता राईले बताउनुभयो । स्वास्थ्य परीक्षणमा बालिकालाई करणी भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्ला अदालत मोरङमा राजवंशी विरुद्ध जर्बरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्