इनरुवा । सुनसरीमा ४ महिने शिशुसहित ३० जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशुसहित ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो ।
शिशुसहित उनकी आमा २४ वर्षीया नर्स, उनका २८ वर्षीय श्रीमान् र ६० बर्षीया सासूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको ३७ वर्षीय पुरुषमा कोरोना देखिएको छ । योसँगै धरानमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ सय पुगेको छ ।
यसैगरी इटहरी उपमहानगरपालिमा ८ जना पुरुष, बराहक्षेत्रमा १ जना पुरुष, कोशी गाउँपालिकामा १ जना महिला, इनरुवा नगरपालिकामा १, महिला र १ पुरुष, दुहबीमा ११ जना, देवानगन्जमा १ जना, बर्जुमा १ जना, गढीमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८५ पुगेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङथेपले जानकारी दिनुभया ।
संक्रमितमध्ये ३९४ जना निको भईसकेका छन् भने ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने सबै धरानका हुन् ।