निजी ल्याबको रिपोर्टले बिमा दावी मान्यता नपाउने

<span class='c1'>निजी ल्याबको रिपोर्टले बिमा</span> <span class='c2'>दावी मान्यता नपाउने</span>

विराटनगर। कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेकाहले निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट पेश गरेर बिमा दावी गर्न नसक्ने भएका छन् ।
बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने भएका छन् । जोसँग निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट छ ।

 

कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो ।
यो मापदण्ड लागू भए निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।

समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।

सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् । सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परीक्षण गराइरहेका छन् ।

बिमा समितिले सरकारकै नीतिविरुद्ध मापदण्ड बनाएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । बिमा गर्ने तर भुक्तानी नगर्ने अर्थात बिमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बिमा कम्पनीहरुको उक्साहटमा समितिले निर्णय लिएको आरोप लागेको छ ।

तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।

अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्