जीवन विकासले बाँझो रहेको जमिनमा रोप्यो धान

<span class='c1'>जीवन विकासले बाँझो रहेको</span> <span class='c2'>जमिनमा रोप्यो धान</span>

विराटनगर । जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरु गरेको छ । समाजको केन्द्रीय कार्यालय नजिक रहेको मोरङ कटहरीको करिब ५ कठ्ठा जमिनमा सामुहिक धान रोपेर अभियानको शुरुवात गरिएको छ ।
बाँझो खेतलाई उर्वर बनाउने उद्देश्यले जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरुवात गरेको समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताउनुभयो ।


उहाँले बाँझो जमिनमा मौसम अनुसारको खेती गरिने बताउनुभयो । धान रोपाइँ कार्यक्रममा प्रदेश १ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत राजेन्द्र उप्रेती, समाजका अध्यक्ष मण्डल, जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, जीवन विकास समाज, लघुवित्त, स्थानीयवासीको सहभागिता रहेको जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका बरिष्ठ अधिकृत कुमोद मण्डलले जानकारी दिनुभयो ।

उहाँले आजदेखि शुरु भएको अभियान निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो । जीवन विकास समाजले बर्षैभरि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको मण्डलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्