खाली भयो रंगेलीको आईसोलेशन अस्पताल

<span class='c1'>खाली भयो रंगेलीको</span> <span class='c2'>आईसोलेशन अस्पताल</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिकाले कोरोना संक्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि गत साउन २४ गते सञ्चालनमा ल्याएको आईसोलेशन खाली भएको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि स्थानीय जनता क्याम्पसलाई आईसोलेशन अस्पतालमा परिणत गरिएको थियो ।


मुख्य बजार क्षेत्रमा पर्ने रंगेली–७ मा २२ सहित ३० जना संक्रमित फेला परेपछि रंगेलीले आईसोलेशन बनाउने निर्णय गरेको थियो । देशभरका शैक्षिक संस्थाहरु खाली गर्नुपर्ने चर्चा चलिरहेको बेला रंगेली नगरपालिकाले क्याम्पसलाई आईसोलेशनमा रुपान्तरण गरेको थियो । त्यस अगाडी क्वारेन्टीन रहेको जनता क्याम्पस खाली भईसकेको थियो ।

 

शनिबारदेखि जनता क्याम्पसको आईसोलेशन खाली भएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । गत १७ गते ३ जना संक्रमितको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनीहरुको कोरोना संक्रमण नेगेटिभ आएपछि आईसोलेशन शनिबारदेखि खाली भएको छ ।

जनता क्याम्पसमा एक सय शैयाको आईसोलेशन बनाइएको थियो । हालसम्म रंगेलीमा १२२ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएकोमा शनिबार दिउँसोसम्म सबै उपचारपछि घर फर्किसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्