२४ घण्टामा मोरङका चारजनाको कोरोना संक्रमणका कारण मृत्यु

<span class='c1'>२४ घण्टामा मोरङका चारजनाको</span> <span class='c2'>कोरोना संक्रमणका कारण मृत्यु</span>

विराटनगर । पछिल्लो २४ घण्टामा मोरङका चारजना नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जनाको मृत्यु भएको हो ।

कोशीको कोभिडमा शनिबार दिउँसो १ः३० बजे बुढीगंगा गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस अगाडी ११ बजे धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरुषको पनि कोशीको कोभिडमै मृत्यु भएको थियो ।

शुक्रबार साँझ विराटनगरकी एक महिलाको कोशीमै मृत्यु भएको थियो भने अर्को जना महिलाको वीपीमा मृत्यु भएको थियो ।
योसँगै प्रदेश १ मा कोरोनाबाट ३९ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना प्रदेश २ का छन् । विराटनगरका मात्रै १९ जनाको मृत्यु भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्