रंगेली खानेपानीमा बिधुत सट, १२ लाख रुपैयाँको क्षति

<span class='c1'>रंगेली खानेपानीमा बिधुत सट,</span> <span class='c2'>१२ लाख रुपैयाँको क्षति</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको खानेपानी सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानीमा बुधबार बेलुकी ८ बजे बिधुत सर्टभई अचानक आगलागी हुँदा १२ लाख रुपैँया बराबरको क्षति पुगेको छ । खानेपानी संस्थानको ईन्भटर, सोलार पाईनल र डिसि मोटरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको हो ।

आगलागी हुदाँ उक्त ईन्भटर, पाईनल र डिसि मोटर भित्र रहेको सम्पुर्ण क्वाईल जलेर नष्ट भएपछि अहिले रंगेली नगरभित्र खानेपानीको समस्या उत्पन्न भएको कार्यलाय प्रमुख शिवराज दाहालले बताए । अहिले सानो मोटर मात्रै सन्चालनमा रहेको हुनाले उक्त मोटरबाट पानीको मात्रा कम आउँदा उपभोक्ताको घरघरमा पानी आपूर्तिमा समस्या परिरहेको प्रमुख दाहालले बताए । बिधुत आपूर्ति नहुँदा पानी समेत बन्द रहने दाहालले बताए ।

सामान बिग्रिएपछि मर्मत गर्ने की नयाँ माग्ने भन्ने विषयमा छलफल भईरहेकोले अझै १५ दिन उपभोक्ताले पानीको समस्या भोग्नुपर्ने बताइएको छ । रंगेली नगरपालिकोे वडा नम्बर ७ ,६ र ४ का स्थानीयहरुले उक्त खानेपानीको उपयोग गर्ने गर्दछन् । २०५२ सालमा निर्माण गरिएको पानी ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ ।

रंगेली खानेपानीले हालसम्म ९ सय घरधरीमा खानेपानी पुर्याउदै आईरहेको छ । रंगेली खानेपानीले एक ग्राहक बापत ८ हजार लिटर पानी प्रयोग गरे वापत ९० रुपैयाँ महसुल असुल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्