झुम्का कारागारका कैदीको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

<span class='c1'>झुम्का कारागारका कैदीको कोरोना</span> <span class='c2'>संक्रमणबाट वीपीमा मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार बिहान ११ः४५ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएका पुरुषको अपरान्ह ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

झुम्का कारागारका कैदी उहाँमा दश दिनदेखि ज्वरो आएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । पछिल्लो दशदिन यता हल्का ज्वरो आईरहेपनि पछिल्लो दुई दिनयता खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

भर्नापछि प्रतिष्ठानकै ल्याबमा शुक्रबार नै कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको उनमा दिर्घकालिन कुनै रोग देखिएको थिएन ।
मृतकको शव व्यवस्थापन नियमानुसार भईरहेको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्