विराटनगर ५ र २ का वडा अध्यक्षद्वय आचार्य र पोखरेल संक्रमित

<span class='c1'>विराटनगर ५ र २ का वडा</span> <span class='c2'>अध्यक्षद्वय आचार्य र पोखरेल संक्रमित</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो ।

वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उनका १४ र ९ बर्षीय दुई छोराहरु समेत कोरोना संक्रमित भएका छन् । छोरालाई ज्वरो आएपछि शंका लागेर परीक्षणगर्दा आफुसहित तीनजनामा संक्रमण पुष्टि भएको वडाध्यक्ष आचार्यले बताए ।

सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिए । वडाध्यक्ष आचार्य वडामा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमै काम गरिरहेका थिए ।
आचार्य विराटनगरमा कोरोना संक्रमित हुने दोस्रो जनप्रतिनिधी हुन् । हालसम्म विराटनगरमा १ हजार ३ सय १८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्