विराटनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युु

<span class='c1'>विराटनगरमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>महिलाको मृत्युु</span>

विराटनगर । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको मृत्यु भएको छ । को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी ठाकुरको उपचारका क्रममा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो १ बजे ठक्कर दिएर घाइते बनाएको बताए । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ठाकुरको उपचार हुँदै गर्दा मृत्यु भएको जानकारी पोदारले दिए ।

मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई नियन्त्रणमा प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक राजवंशीले लाइसेन्स बिनानै मोटरसाइकल चलाउने गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्