विराटनगर । विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । जुनियर जेसिजले गत भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको हो ।
विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेका अनुसार लकडाउन र निषेधाज्ञाका कारण प्रभावमा परेका अतिविपन्न परिवारको सर्वेक्षण गरि खाद्य सामाग्री उपलब्ध गराईएको हो । आगामी दिनमा पनि मानव सेवाका विभिन्न कार्यक्रमहरु गर्दै जाने महासचिव न्यौपानले बताउनुभयो ।