प्रदेश १ मा ४६ संक्रमित थपिए , विराटनगरमा ३८ जनाको रिर्पोट पोजेटिभ

<span class='c1'>प्रदेश १ मा ४६ संक्रमित थपिए</span> <span class='c2'>, विराटनगरमा ३८ जनाको रिर्पोट पोजेटिभ</span>

विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।
प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्