फुर्सदमा छैनन् संक्रमित जनप्रतिनिधि : होम आईसोलेशनको बसाई, फोनबाटै प्रशासनिक र नागरिकका काम

<span class='c1'>फुर्सदमा छैनन् संक्रमित जनप्रतिनिधि  : होम</span> <span class='c2'>आईसोलेशनको बसाई, फोनबाटै प्रशासनिक र नागरिकका काम</span>

विराटनगर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे पछिल्लो पाँच महिनायता दैनिक कोरोना संक्रमण व्यवस्थापनमै क्रियाशिल हुनुहुन्थ्यो । आफैं संक्रमित बन्नु भएपछि अहिले होम आईसोलेशनमा बस्नु भएको छ ।
मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियो । तर, भदौ १३ गतेदेखि नै लक्षण देखिएपछि उहाँ आईसोलेशनमा बस्नु भयो ।

भदौ २६ गते दोस्रो परीक्षणमा समेत मन्त्री घिमिरेलाई पोजेटिभ नै देखियो । खासै समस्या छैन, घिमिरेले भन्नुभयो–खोकीले चाँहि छोडेको छैन । आईसोलेशनमा बस्नु भएका मन्त्री घिमिरेले प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको नेतृत्व गर्नु भएकोले कोरोना रोकथाम र न्यूनीकरण तथा उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन अहिले पनि कुनै न कुनै माध्यमबाट जोडिनु पर्ने बाध्यता छ ।
घरमै बसेपनि कतिपय समस्यामा मन्त्री घिमिरेले सहजीकरण गर्ने भूमिकामा रहनु भएको हो । कोरोना रोकथाम र उपचार कार्यमा संक्रमित भए पनि जिम्मेवारीलाई पूरा गरिरहनु भएको छ ।

नागरिकको स्वास्थ्यप्रति सचेत रहँनु पर्ने कर्तव्यलाई आईसोलेशनबाटै पूरा गर्ने मात्रै नभई आईसोलेशन केन्द्र तथा अस्पतालका लागि आवश्यक प्रवन्धमा समेत मन्त्री घिमिरेले ध्यान दिनु भएको छ ।
स्वास्थ्य रिकभर भईरहेको छ, मन्त्री घिमिरेले भन्नुभयो–विस्तारै नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउन फर्कनेछु । यस बीचमा निर्वाचन क्षेत्रका मतदाताले समेत मन्त्री घिमिरेप्रति चासो र चिन्ता दर्शाउँने गरेका छन् । दैनिक प्रशासनिक र नागरिकका काममा जोडिनु जनउत्तरदायि नेतृत्वको कर्तव्य नै हो ।

विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमणपछि होम आईसोलेशनमा हुनुहुन्छ । उहाँसहित घरका पाँचजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपनि अवस्था भने सामान्य रहेको वडा अध्यक्ष पोखरेलले बताउनुभयो ।
दैनिक काम फोन आउँछन्, फिल्डमा हुँदा जतिकै फोनबाट काम गरिरहेको छु, पोखरेलले भन्नुभयो–आफू घरमा बसेर मात्रै हुन्न रहेछ, समस्यामा साथीहरुले फोन गर्नुहुन्छ, मैले समाधानमा सहयोग गरिरहेको छु ।

विराटनगर–५ का वडा अध्यक्ष मिनकुमार आचार्य अहिले पनि वडाका कोरोना संक्रमितको संख्या, डिस्चार्ज संख्या र मृत्यु संख्याको तथ्यांक दैनिक नागरिकको सुचनाका लागि सामाजिक सञ्चालनमा पोष्ट गरिरहनु भएको छ । उहाँसहित दुई छोरामा कोरोना संक्रमण देखिएपछि घरमै आईसोलेशनमा बस्नु भएका वडा अध्यक्ष आचार्य नागरिकका चासोका विषयलाई फोनमार्फत नै समाधान गर्दै आउनु भएको छ ।
फिल्डमै खटिरहेका जनप्रतिनिधिको भौतिक उपस्थिति नभएपनि प्रविधिमार्फत फिल्डसँग जोडिनु पर्ने दैनिक काम नै भएको आचार्यले बताउनुभयो । प्रशासनिक कामदेखि नागरिकको स्वास्थ्य सुरक्षासँगै दैनिक आवश्यकतामा ध्यान दिनुपर्ने बाध्यता जनप्रतिनिधिका लागि कोरोना संक्रमणसँगै लड्दै पूरा गर्नुपर्ने भूमिका रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्