विराटनगर–११ का वडा अध्यक्ष न्यौपानेमा कोरोना संक्रमण पुष्टि

<span class='c1'>विराटनगर–११ का वडा अध्यक्ष</span> <span class='c2'>न्यौपानेमा कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनु भएका न्यौपानेको सोमबारराति रिपोर्ट पोजेटिभ आएको हो ।

वडा अध्यक्ष न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘होम आइसोलेसन’मै रहनु भएको छ ।  महानगर र वडाको एकदुईवटा कार्यक्रममा सहभागी हुँदा आफूलाई कोरोना संक्रमण भएको हुन सक्ने भएकोले सम्पर्कमा आएकाहरुलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने अगाडी विराटनगर–२ र ५ का वडा अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण पुष्टि भइसकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्