बाल दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता

<span class='c1'>बाल दिवसको अवसरमा</span> <span class='c2'>वतृत्वकला प्रतियोगिता</span>

मोरङ । लक्ष्मीनिया युवा क्लब तथा जिल्ला प्रहरी कार्यालय मोरङको संक्युक्त आयोजनामा वतृत्वकला प्रतियोगिता आयोजना भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला वतृत्वकला प्रतियोगितामा ६ वटा बिद्यालयका ९ जना सहभागी रहेका थिए। सभ्य समाज निर्माणमा बालबालिकाको भूमिका भन्ने शिर्षकमा बक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गरे।

कार्यक्रममा विभिन्न् बिद्यालयका प्रधानाध्यापक, प्रतिनिधी ,केहि बिद्यार्थीहरुको समेत उपस्तिथी थियो। प्रमुख अतिथिमा जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल, बिशिस्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय मोरङ का प्रवक्ता तथा डि.एस.पी मान बहादुर राई ,जहादा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा सार्वजानिक माध्यमिक बिद्यालय, जहदा–४ का अमर कुमार मण्डल प्रथम, जनता माध्यमिक बिद्यालय, जहदा–६ पोखरियामा अध्ययनरत प्रिती मण्डल दित्तीय र डनबस्को बिद्यालय जहदा–७ का हरिलाल टुडु तृतीय हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्